हिपमत डटकम

मंगलबार, माघ १७, २०७९ || 6607  पटक पढिएको

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो

 

सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । पुर्जा वितरण कार्यक्रमका सिन्धुपाल्चोक क्षेत्र -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुवोध) ले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएकाे बताए । उनले जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताए ।

२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढ‌ंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनकाे भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच/पाँच लाख रुपैयाँ दिइसकेकाे बताउँदै हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!