हिपमत डटकम

सोमबार, माघ १६, २०७९ || 11113  पटक पढिएको

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरले विराटनगरमै आयोजना गर्न लागेको सीएनआई कोशी एक्स्पो २०२३ को अवलोकन गर्न आउने सर्वसाधारणका लागि ५०, १०० र २०० टिकट दररेट कायम गरिएको छ ।

परिसंघले सोमबार एक्स्पो स्थिलमै पत्रकार सम्मेलन गरेर विद्यार्थीलाई ५०, सर्वसाधारणलाई १०० र साँझपख सांस्कृतिक कार्यक्रम हेर्न आउनेहरुको हकमा २०० रुपैयाँ टिकर दर कायम गरिएको जानकारी गराए । परिसंघका अध्यक्ष भीम घिमिरेले एक्स्पोको अवलोकन गर्न विद्यालय पोशाकमै आउने विद्यार्थीहरुलाई टिकट नलाग्ने व्यवस्था मिलाईएको जानकारी गराए ।

 

प्रदेश नं. १ भरीका कलेज तथा स्कुलका विद्यार्थीहरु एक्स्पोको अवलोकन गर्न आउँदा बिहान १० देखि १२ बजेभित्र एक्स्पो स्थलमा प्रवेश गरिसक्नु पर्ने घिमिरेले बताए । यसअघि उद्योग संगठन मोरङले विराटनगर–१४ जतुवा स्थित डिग्री क्याम्पसको खाली मैदानमा आयोजना गरेको विराट एक्स्पोको अन्तिम समयमा टिकट दररेट १०० बाट बढाएर २०० बनाइएको थियो ।

जसको चौतर्फी विरोध भएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले भने नेपाल उद्योग परिसंघको बोर्ड बैठकले एक पटक निर्धारण गरिसकेको एक्स्पोको टिकट दर बिचमा परिमार्जन नहुने बताए । एक्स्पोलाई भव्य एवं ऐतिहासिक बनाउन सांस्कृतिक कार्यक्रमका लागि काठमाडौंबाट चर्चित कलाकार तथा गायक ल्याउँदा मोटो रकम खर्च हुने भएकोले साँझपख सांस्कृतिक कार्यक्रम हेर्न आउने सर्वसाधारणको हकमा २०० रुपैया टिकटदर कायम गरिएको बताए ।

 

परिसंघका कार्यसमिति सदस्य तथा एक्स्पो संयोजक राजेन्द्र राठीले १० दिने एक्स्पोको अवधिमा ५ लाखभन्दा बढि सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने जानकारी गराए । परिसंघका कार्यसमिति सदस्य तथा एक्स्पोका सह–संयोजक गिरीजा सारडाले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका ३७० भन्दा बढि औधोगिक तथा कृषि प्रर्दशनीको स्टल रहने बताए ।

पत्रकार सम्मेलनमा परिसंघका मुख्य सल्लाहकार महेश जाजु, परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, देवेन्द्र गुप्ता, सुशिल जोशी, दिपक पौडेल, कोषाध्यक्ष गिरिश लुँनिया, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल लगायत एक्स्पाको प्रवद्धक विभिन्न स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, प्रदेश नं. १ सरकारका उच्च तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विराटनगर–१ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुरको खाली मैदानमा माघ १९ देखि २८ गतेसम्म अर्थात १० दिने कोशी एक्स्पोको परिसंघले भव्य आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!