हिपमत डटकम

आइतबार, माघ १५, २०७९ || 38885  पटक पढिएको

भक्तपुर, १५ माघ कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका- १ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन् ।

२०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने सुकमान भन्ने कान्छाराम र बहादुरले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको शरिरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार रहेको घटनामा संलग्न उनीहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!