माेरङकाे सुनवर्सिनगरपाली ५ स्थित टकुवा मा बसाेवास गर्दे आएका ५६ बर्षका शिव नारायण ठाकुर बिगत एक महिना देखि प्यारालाईसिस बाट शरीर काे एक भाग नचले पछि उनकाे अहिले आर्थिक अभावका कारण सामान्य उपचार समेत हुन सकेकाे छैन । घरकाे आर्थिक अवस्थाका कारण अहिले ओछ्यान मै छटपटाई रहेका छन । आफू संग भएकाे ४ कठ्ठा खेतियाेग्य जमिन समेत गाउँमै ३० हजार रुपया लिएर सुदभर्ना दिएकाे उनकाे छाेरा दिपेन्द्र ठकुर ले बताए ।
उनका छाेरा दिपेन्द्र ले भने ३० हजार रुपयाँ समेत घर खर्च र सामान्य उपचारमा पैसा सक्याै भन्दै बलाैना गरिरहेका छन । दिपेन्द्र ले घर काे आर्थिक अवस्था नाजुक भएकै कारण दुख्ख गरेर BSC पढाइ गरेर उनले सानाे काम गर्ने पनि पाउन सकेका छैनन् । घर खर्च चलाउन का लागि उनले बिराटनगर का केही स्थानमा हाेम टिउसन समेत पठाउदै आएका थिए । तर एक महिना देखि बुबा बिारामी भए पछि अहिले बुवा काे उपचार मा केही सहयाेग हुन्छ कि भन्दै सुनवर्सि नगरपालिका धाउन बाध्य रहेका छन ।
तर बारम्बार नगरपालिका धाउदा समेत नगरप्रमुख श्याम राजबंशी र उपमेयर मिरा देवि दास ले आफुलाई दुख मात्रै दिने गरेकाे तर आर्थिक सहयाेग समेत नगरेकाे आराेप लगाएका छन । उनले भने नगर ले लाखाै रुपयाँ खर्च गरेर खेलकुद गराएर आफ्नाे कार्यकर्ता पाल्न सक्ने तर गाउँ घरमा रहेका गरिब परिवार लाई आर्थिक सहयाेग का लागि बारम्बार नगर धाएता पनि उनी हरु ले बेवस्था गर्ने गरेकाे आराेप समेत लगाएका छन । आर्थिक अभावका कारण उनकाे डिग्री सम्मकाे पढाई पढने चहाना भएता पनि त्याे भने पूरा हुन सकेन । उनको चहाना भनेको डिग्री सम्मकाे पढाइ गरेर आफ्नै खुट्टामा उभिएर देश र जन्ता का लागि केही गर्ने चहाना भएता पनि त्याे भने पूरा हुुुन नसक्ने भन्दै चिन्तित भएका छन । उनले भने घर काे एक मात्र छाेरा भएकाे हुनाले बुबा, आमा लाई पालनपोषण गर्नुकी आफ्नो पढाइ लाई अगाडि बडाउनु भन्दै बिलाैना गरिरहेका छन ।
१५ घुर जग्गामा सानाे घर भएता पनि घरमा लगाईएकाे बाँस बाट बनेको टाटि समेत भत्किएर दुलाे परेको छ । आफ्नाे घरमा बस्ने अवस्था नभए पछि उनकाे परिवार ठुलाे बुबा काे घरमा बसिरहेका छन । त्यहाँ पनि कहिले घर बाट हट्न भने पछि थप सम्यामा परेका छन । बुबा , आमा समेत केही काम पनि गर्ने सक्नुहुन्न म अब घरकाे एक मात्रै छाेरा भएको हुनाले बुबा आमा काे पालनपोषण गर्नु कि आफ्नो पढाइ लाई अगाडि बडाउनु भन्दै बिलाैना गरिरहेका छन । नेपाल सरकार ले पिछाड बर्ग हरुलाई आर्थिक सहयाेग गर्नु कागजि रुपमा लेखिएकाे भएता पनि हरेक गरिव परिवार सम्म नपुग्ने र नेता तथा कर्याकर्त हरु काे आसेपासे हरु लाई मात्रै सहयाेग गर्ने गरेकाे आराेप समेत लगाए ।