हिपमत डटकम

शुक्रबार, माघ १३, २०७९ || 1086  पटक पढिएको

काठमाडौं । इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको खामा प्रेसले जनाएको छ ।

अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ । हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो ।

तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार एक सय २३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ ।

इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए । इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ ।

इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ ।

गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण मृत्युको डरले देश छोडेर भागेका थिए ।

पाकिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र पाकिस्तानमा ठुलो सङ्ख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!