हिपमत डटकम

शुक्रबार, माघ १३, २०७९ || 15961  पटक पढिएको

बिराटनगर । झापाको कन्काई नगरपालिका-३ स्थितबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।

हिजो राती बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।

उक्त सामान बरामद भए संगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!