हिपमत डटकम

बिहिबार, माघ १२, २०७९ || 37973  पटक पढिएको

विराटनगर। यूवा व्यवसायी सन्तोषकुमार मेहताले मेरो होटेल्स् एप्स तथा मेरो होटेल्स् डटकम वेबसाईट संचालनमा ल्याएको छ । सुनसरी जिल्लाको भोक्राहा–नरसिङ गाउपालिका वडा नं. २ घर भई विराटनगरमा व्यापार व्यवासयी संचालन गरिरहेका मेहताले पछिल्लो समय मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।

मेहता विराटनगर स्थित गोल्डेन अस्पताल प्रा.लि. मा अधिकृत स्तरको जागिरे पदमा कार्यरत छन् । आन्तरिक तथा बाहृय पर्यटन विकास तथा पर्वधनमा पूर्वाधकार तयार गर्ने उद्देश्यका साथ मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।

विदेशी तथा स्वदेशी पर्यटकले मेरो होटेल्स् एम्स डाउनलोड गर्न साथ उसले नेपाल भरी खोजेको जस्तो सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट, क्याफे, रिसोर्ट, पार्टी प्यालेस भेटाउन सक्छ ।

यस बाहेक यूवा जमातले एप्स मार्फत खर्च गर्न सक्ने गरी होटल, रेष्टुरेन्ट र क्याफे भेटाउन सक्छ । बुधबार चिरफार डटकम संग कुरा गर्र्दै यूवा व्यवासयी मेहताले भने : विराटनगरबाट सुरु भएको मेरो होटेल्स् एप्सलाई ६ महिना भित्र नेपालभरी पुर्‍याउने लक्ष्य राखेको छु । यसमा आन्तरिक तथा बाहृय पर्यटकले सहयोग गर्ने अपेक्षा गरेको छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!