हिपमत डटकम

बुधबार, माघ ११, २०७९ || 94240  पटक पढिएको

पोखरिया । पर्साको पोखरिया नगरपालिकामा भएको अनियमितता लुकाउन प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । नगरपालिकामा यस अघि कार्यरत रहेका अधिकृत अशोक रौनियार , नगर प्रमुख प्रधुमन चौहान र जिन्सी शाखा प्रमुख मनोज साहको मिलोमतोमा लाखौं लाखको भ्रष्टचार भएको कुरा बाहिर आए पछि अर्को नयाँ हाकिम ल्याई भ्रष्टचार लुकाउन खोजिएको आरोप लागेको छ । नगर प्रमुख देखि कार्यरत कर्मचारीहरुको मिलोमतोमा पोखरीया नगरपालिकामा जिन्सी शाखाबाट सामान खरिदको नाउँमा लाखौं लाखको भ्रष्टचार भएको खुलाशा भएको हो । जिन्सी शाखाबाट समान खरिद नै नगरी व्यापक अनियमितता भएको पाइएको छ । अस्वभाविक परिमाण र अस्वभाविक मूल्यमा जिन्सी समान नै नखरिद गरी अनियमितता भएको हो ।

समान खरिद ऐन अनुसार प्रत्येक स्थानिय तहले १ लाख सम्म सामानको किन्न सक्ने र १ लाख भन्दा बढीको सामान खरिद गर्नु परेमा कोटेशनको सूचना आव्हान गरी गर्नु पर्ने भए पनि यो सबै नियम नीतिको खिल्ली उडाउदै जिन्सी शाखा प्रमुख मनोज साहले कुनै प्रक्रिया पूरा नगरी सामान किन्न लगाएका हुन् ।

हामीले प्राप्त सुचना अनुसार नगरपालिकाका जिन्सी शाखा प्रमुख साहले बिना कोटेशन आव्हान गरी , सूचना प्रकाशित पनि नगरी नियम नीतिको खिल्ली उडाउदै सामान नै खरिद नगरी ४० देखि ५० लाख सम्मको भुक्तानी गर्न लगाएका हुन ।
नगरपालिकाको जिन्सी शाखामा के र कुन सामान किनियो केमा ४० देखि ५० लाख भुक्तानी गरियो भन्ने सामानको अतोपतो छैन् । जिन्सी शाखाले पालिकामा भएको प्रत्येक सर समानको रेकर्ड राख्ने भएपनि अहिले नगरपालिकाको जिन्सी शाखामा केकुन सामान किनेर आएको हो भने न सामान छ नत उसको रेकर्ड छ ।
बिना दर्ता चलानी कै खरिद प्रक्रिया अगाडि बढाइएको र फर्जी बिल भरपाई मिलाई ४० देखि ५० लाख सम्म भुक्तानी गरिएको पालिकाको आर्थिक तथ्यांकले देखाएको छ ।

जानाजान पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान , प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार र जिन्सी शाखा प्रमुख मनोज साहको मिलोमतोमा अनियमितता भएको देखिन्छ ।

यती मात्र होइन पालिकामा ऐसी जडान गराउन बापत एक कम्पनी सङ्ग समझौता गरी ऐसी खरिद नगरी बिल भरपाई मिलाई लाखौं लाख बराबरको भुक्तानी गरी एक आपसमा मिली भाग बण्डा लगाएको नाम नछाप्ने शर्तमा एक कर्मचारीले बताएका हुन् ।

साथै प्रमुख प्रशासकीय अधिकृत रौनियारले नगरपालिकाको कार्यालयमा रहेको जिन्सी शाखाबाट लाखौं लाखको समान खरिद गरी आफ्नो घरमा लागेका हुन भने स्थानिय बासीहरुले सामाजिक सञ्जालमा लेखेका हुन् ।

यस विषयमा बुझ्नका लागि जिन्सी शाखा प्रमुख साहसंग बुझ्न खोज्दा यसको बारेमा केही जानकारी नभएको बताए साथै म अहिले बाहिर छु मेरो सहायक कर्मचारी संदिप साहसँग बुझ्दा हुन्छ भने बताए । सहायक संदिप साहसँग बुझ्दा त्यसतो कुनै किसिमको सामान खरिद नभएको र भुक्तानी पनि नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!