हिपमत डटकम

मंगलबार, माघ १०, २०७९ || 2194  पटक पढिएको

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी फागुन ७, ८ र ९ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यही माघ ९ र १० गते (आइतबार र सोमबार) अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको प्रवक्ता बसन्तमान सिंह अधिकारी जानकारी दिनुभयो । यसैगरी, बैठकले महाधिवेशन प्रतिनिधिसम्बन्धी विधानको दफा ३९ मा संशोधन पनि गरेको छ ।

प्रवक्ता अधिकारीका अनुसार आगामी फागुन र चैतमा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारविरुद्ध देशव्यापि जनसंघर्ष कार्यक्रम सञ्चालन गर्ने छ ।

दुई दिन चलेको कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौ’ भन्ने संकल्पका साथ सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!