हिपमत डटकम

मंगलबार, माघ १०, २०७९ || 1121  पटक पढिएको

दयाहाङ राई र मिरुना मगर फिचर्ड फिल्म ‘जारी’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्मले प्रदर्शन मिति वैशाख १ गतेलाई तय गरेको हो ।

फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो । फिल्मलाई सुब्बाले नै लेख्नुभएको हो ।

रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ ।

फिल्मले पूर्वी पहाडको लिम्बू समुदायको ‘जारी’ प्रथालाई प्रस्तुत गरेको छ । फिल्ममा अर्कैसँग भागेकी पत्नीलाई फिर्ता ल्याउन मुख्य पुरुष चरित्रले गर्ने सङ्घर्षको कथा प्रस्तुत गरिएको छ ।

फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगायतको अभिनय छ । यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!