हिपमत डटकम

मंगलबार, माघ १०, २०७९ || 357  पटक पढिएको

झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।

कचनकवल गाउँपालिका वडा नं. ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन् ।

उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभयो । युवतीलाई सिँदुरपोते लगाइदिएर उनीहरू झुन्डिएका हुन् ।

ती युवती गणेशको घरमा करिब ५ वर्ष सँगै बसेकी थिइन् । गत वर्ष उनीहरूले भागी विवाह गरेका थिए । तर, युवतीका अभिभावकले छोरी नाबालिका भएको भन्दै आफ्नो घर फर्काएको उपाध्यक्ष भट्टराईले बताउनुभयो ।

शव अहिले पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!