हिपमत डटकम

मंगलबार, माघ १०, २०७९ || 334  पटक पढिएको

मिसेस नेपाल आइडल २०२३ को उपाधी इलामकी सजना खत्री केसीले जित्नुभएको छ । राजधानीको म्यूजिक सिटी स्टुडियोमा सम्पन्न कार्यक्रममा उहाँले मोष्ट इन्टिलिजेन्ट र मोस्ट पपुलर उपाधिसहित चाँदीको ताज पहिरन सफल हुनुभएको हो ।

यस्तै, फस्ट रनर अपमा सयुजा नेम्बाङ र सेकेन्ड रनर अपमा नीता भट्टराई हुनुभएको छ । हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो कार्यक्रम मिसेस नेपाल आइडलकोे सातौं संस्करण हो । कार्यक्रममा फाइनलिष्टहरुले सब टाइटल अर्वाड पनि हासिल गरेका थिए जसमा वेष्ट फोटोजेनिक सयाजु नेम्बाङ, मोष्ट कन्फिडेन्ट र पब्लिक च्वाइस भिडियो अर्वाड निता भट्टराई, मोष्ट स्मार्ट सुशिला थापा घिमिरे, मोष्ट एट्राक्टीभ मनिता गुरुङ दुरा, मोष्ट एक्टिभ कुमारी गुरुङ, मोष्ट डिलिजेन्ट बुद्धि सरा अर्याल, वेष्ट पर्सनालिटी गोमा गुरुङले हात पार्न सफल हुनुभएको छ ।

अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा प्रतियोगिहरु व्यत्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक लगायत विविध विषयमा करिब दुई साताको प्रशिक्षणमा सहभागी भएका थिए ।

वरिष्ठ गायिका देवीका वन्दनाको विशेष आतित्थ रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी सिमान्त उदास, नायक अयुब केसी, अभिनेत्री रस्मि भट्ट, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर, नर्सिङ आइडल २०१९ निसु महर्जन र मिसेज हिमालयन नेपाल २०२२ सुशिला थिङ तामाङ थिए ।

विवाहित महिलाहरुको क्षमता, प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!