हिपमत डटकम

मंगलबार, माघ १०, २०७९ || 505  पटक पढिएको

कर्णाली प्रदेशमा रहेका आठ ओटा मन्त्रालयको संख्या घटाइएको छ । हाल आठ मन्त्रालय कायम रहेको एक मन्त्रालय घटाइएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो ।

यसअघि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा [एमाले]बिच भएको लिखित सहमति अनुसार मन्त्रालयको सङ्ख्या घटाउने सहमतिले पूर्णता पाएको छ । मन्त्रिपरिषद्को बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ । योसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ ।

यसअघि उक्त मन्त्रालय तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता साझेदार दल नेपाली काँग्रेसलाई भागबन्डा मिलाउनका लागि फुटाउनु भएको  थियो ।  अब प्रदेशमा ७ सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ  । माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले मङ्गलवार देखि मन्त्रिमण्डललाई पूर्णता दिनेबारेमा छलफल गरिने जानकारी दिनुभयो ।  यसअघि एमाले र माओवादीले ३ –३ मन्त्रालय लिने र मुख्यमन्त्री साझा हुने सहमति गरेका थिए । यद्यपि कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा भने भागबन्डा मिल्न सकेको छैन ।  उक्त विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!