हिपमत डटकम

सोमबार, माघ ०९, २०७९ || 8112  पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा पूर्वधार खरिद गर्दा भ्रष्टचार गर्न नदिने प्रतिवद्धता गर्नुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्त स्वास्थ्य मन्त्रीलाई स्वागत तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गिरीले अस्पतालमा आवश्यक पर्ने पूर्वधार खरिदमा भ्रष्टचार हुन नदिने प्रतिवद्धता गर्नु भएको हो  ।

उहाँले भन्नुभयो, “म मेरो नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा सेटिङ गरेर नितीगत भ्रष्टचार हुनेछैन, अरुलाई पनि गर्न दिनेछैन । प्रत्येक खरिदमा पारदर्शी हुन्छ । जनताको रगत पसिना मिसिए प्राप्त भएको राजेश्वलाई कही कतैबाट भ्रष्टचार र दुरुपयोग गर्ने कार्य हुनेछैन ।’’

आफ्नो मुख्य एजेन्डा गुरस्तरीय स्वास्थ्य सेवालाई सबै नेपालीको पहुँचमा पु¥याउने भएकोले गुणस्तरीय सेवा कसरी दिन सकिन्छ ? भन्ने चिन्ताको विषय भएको मन्त्री गिरीको भनाई छ । विमाको समस्या समाधान गरी स्वास्थ्य विमा कार्यक्रम फराकिलो बनाएर अगाडि बढ्न सकेमा सबै नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने मन्त्री गिरीको तर्क छ ।

त्यसका अलावा अस्पतालको पूर्वधार, जनशक्ति व्यवस्थित विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सेवा दिन कोसिस गरिने पनि मन्त्री गिरिले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पूर्वधारको अभाव हुन नदिन देशैभरका अस्पतालहरुमा कुन ठाउँमा कस्तो अवस्था छ । वैज्ञानिक विधिबाट अध्यान गरेर पूर्वधारलाई विकास गरेर अगाडि बढ्ने योजना छ । विशेष कार्ययोजना साथ अगाडि आउछौँ ।”

तीन सय ९६ पालिकामा निमार्णधिन अस्पताल निमार्णकार्य ढिलाई भैरहेकोले निमार्णकार्य तिव्रताका साथ अगाडि बढाईने र जनशक्ति व्यवस्थापन गरि अस्पताल सञ्चालनमा ल्याउने मन्त्री गिरीको उद्येश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!