बिराटनगर। “आजको आवश्कता सहकारीमा अवद्धता” भन्नेे मुल नाराकाे साथ महर्षि मेही कृृृषि सहकारी संस्था रंगेलीको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सहकारीलेे आफ्नैै खाद्यान्न अनाज भवनको प्राङ्गणमा उक्त कार्यक्रम गरिएको थियो । साधारण सभामा आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार संस्थाले कुल ३ करोड ६५ लाख १५ हजार ५ सय ७० रुपैया लगानी गरेकाे छ । संस्थाले ५७ लाख २२ हजार ९ सय ३६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ५६ लाख ३६ हजार ६ सय ७ रुपैया गरेको छ ।
संस्थाले ८६ हजार ३ सय २९ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । संस्थाले वित्तीय कारोबार सँगै स्थानीय कृषि क्षेत्रमा रहेको समस्याहरुलाई सहजीकरण गर्दै कृषकहरुले उत्पादन गरेका खाद्यान्न अनाजलाई कृषि मण्डी बजारको अवधारणा अनुसार खरिद बिक्री एबम् भण्डारण समेत गर्दै आएका छन् ।
संस्थाको बार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्य- योजना संस्था का अध्यक्ष श्री अशेश्वर प्रसाद साहले प्रस्तुत गरेका थिए । संस्थाका सचिब अमित कुमार यादवले स्वागत मन्तव्य दिएका थिए । उक्त संस्थाकाे ७ सय २० जना शेयर सदस्य रहेको छ ।
सदस्य र समाजमा समर्पित संस्थाले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका लगायत धनपालथान गाउँपालिकामा कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छ ।
साधारण सभाको अवसरमा सस्थाले ७ जना जेष्ठ नागरिक सदस्य, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी, ३ जना कृषि उद्यमीहरु एवं एभी न्युज टेलिभिजन मोरङ प्रमुख वीरेन्द्र कुमार साह लाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो त्यसै गरी कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।
प्रमुख अथिती राष्ट्रिय सहकारी बैंक लिमटेड प्रदेश नं १ का प्रमुख प्रभू पोख्रेल ज्यूले पानसमा दियो बालेर महर्षी मेहीको तस्बिरमा माल्यार्पन गर्दै साधारण सभाको उद्धाटन गर्नु भएको हो ।
बिशिस्ट अतिथि जिल्ला कृषि सहकारी संघ, मोरङको उपाध्यक्ष सोभित पौडेल सदस्य ईन्जिनियर कमलेश्वर ठाकुर लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रतिनिधिहरु अरविन्द कुमार साह, जगरनाथ मण्डल, कैलाश मण्डल, , सरोज कुमार साह, प्रमाेद चक्रवति, बिनोद कुमार यादव, राम नरेश झा लगायतकाे उपस्थिति रहेको थियोे । कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष मिथिलेश अधिकारीले गरेका थिए भने संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा कार्यक्रम सम्पन भएको हो ।