काठमाडौं, ९ माघ सुनसरी, दुहबी नगरपालिका-८ कदमगाछी चोक बस्ने धर्मराज राईको कस्मेटिक तथा किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तेह्रथुम, म्याङलुङ नगरपालिका-१० तम्फुला बस्ने सन्तोष लिम्बु, तारा कार्की र मान बहादुर निरौलाको सामुहिक बाख्रा फर्ममा बिद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा २ वटा बोका, २२ वटा उन्नत जातको बाख्रा, १ सय ३३ वटा लोकल बाख्रा र बाख्रा फर्म समेत लेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।