हिपमत डटकम

सोमबार, माघ ०९, २०७९ || 648  पटक पढिएको

क्रिस्टियानो रोनाल्डोले प्रतिस्पर्धात्मक खेलमा नयाँ क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगमा इतिफाकलाई १–० हराउने क्रममा रोनाल्डोले खेलमा डेब्यू गरेका हुन् ।

३७ वर्षीय पोर्चुगिज खेलाडी गत महिना साउदी क्लबसँग आबद्ध भएका थिए । २०२५ सम्मको करारमा रोनाल्डोले प्रतिवर्ष १७.७ करोड पाउन्ड कमाउने बताइएको छ । खेलमा रोनाल्डोले गोल भने गर्न सकेनन् । ब्राजिलियन मिडफिल्डर टालिस्काले खेलमा निर्णायक गोल गरेका थिए । अल नासर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र एक अंकले अघि रहेको छ । रोनाल्डोले बिहीबार पीएसजीसँगको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!