हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 875  पटक पढिएको

कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् ।

चीनको ग्वाङडोङ प्रान्तको सेञ्जेनबाट इण्डोनेशियका लायन एयरले चार्टर गरेको विमानबाट बाली आएका चिनियाँ पर्यटकले कोभिड–१९ नियन्त्रणका खातिर जारी गरिएको निषेधाज्ञा हटाएर पुनः अन्तर्राष्ट्रिय यात्राको अनुमति प्राप्त भएकामा आफूहरू हर्षित भएको बताए । चिनियाँ पर्यटक एन पेइले लामो समयपछि यात्रा गर्न पाएकामा आफूलाई आनन्दानुभूति भएको बताइन् । नयाँ वर्षलाई दृष्टिगन गरी चीन सरकारले गत पुस ८ गते यात्रा प्रतिबन्ध हटाएको थियो । गत आइतबार चीनभर नयाँ वर्ष मनाइएको थियो ।

लायन एयरले प्रारम्भिक चरणमा सेञ्जेन– बाली उडान सातामा एकपटक गर्ने बताएको छ । इण्डोनेशियाले यो वर्ष चीनबाट दुई लाख ५५ हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गत वर्षका प्रथम १० महिनामा ९४ हजार नौ सय २४ जना चिनियाँ पर्यटकले इण्डोनेशिया भ्रमण गरेका थिए । महामारी प्रारम्भ हुनुअघि २० लाखभन्दा बढी चिनियाँ पर्यटकले वर्सेनि इण्डोनेशिया भ्रमण गर्दै आएका थिए । चिनियाँ पर्यटकको आगमनसँगै यो वर्ष देशको समग्र पर्यटक आगमनको लक्ष्यमा योगदान पुग्ने विश्वास इण्डोनेशियाली पर्यटन मन्त्रालयले गरेको छ ।

सन् २०२३ मा इण्डोनेशियाले ३५ लाखदेखि ७४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ । इण्डोनेशियाको पर्यटनका निम्ति चीन सबैभन्दा ठूलो बजार हो । इण्डोनेशिया सरकारले अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई आकर्षित गर्न बेइजिङ, साङ्घाई, ग्वाञ्जाओजस्ता प्रमुख शहरमा सिधा उडान सञ्चालन गर्ने सम्भावनाको खोजी गरिरहेको छ । (रासस /एपी)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!