बिराटनगर, माघ ८ गते ।१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले भिडियो कन्फरेन्सद्वारा जिल्ला प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख तथा इलाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

आज बिहान भएको कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी सदैव चुस्त दुरुस्त भई परिचालन हुन निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा अहोरात्र खटिन तथा आम नागरिकहरुमा सचेतना अभिबृद्धि गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न निर्देशन दिनु भएको छ । साथै सङ्गठनको उद्देश्य तथा गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिनु भयो । सोही क्रममा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!