हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 466  पटक पढिएको

काठमाडौं –  अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ। नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ कि प्रदेश सभा सदस्य माननीय डोल्मा तामाङ, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, परिबर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, बरिष्ठ अभिनेत्री रेजिना उप्रेती, संचिता लुइँटेल, नायक सबिन श्रेष्ठ, पत्रकार निर्देशक माधब राज खरेल बिशेष अतिथि रहेका थिए भने कार्यक्रममा अन्य कलाकार लागायत बिशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

अघिल्लो बर्ष देखि हुदैं आएको नेपालमा नै पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि “दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” यस बर्ष पनि सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ अवार्ड तथा सम्मान प्रदान गरिएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रेणु शाक्य रानाले जानकारी गराएकि छिन।

 

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले विभिन्न ३१ विधामा अवार्ड र सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका ४१ जना सौन्दर्यबिद, सौन्दर्यकर्मी, पत्रकार, समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुलाइ सम्मान गरिएको साहरा ब्युटी होम एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रचना शाक्यले जानकारी गराएकी छिन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!