हिपमत डटकम

शनिबार, माघ ०७, २०७९ || 872  पटक पढिएको

विराटनगर । प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए ।
कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र मन्त्री निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!