हिपमत डटकम

शनिबार, माघ ०७, २०७९ || 324  पटक पढिएको

नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय सहमतिका लागि पार्टी तयार रहेको बताउनुभएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपति गरी चार पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्ने विषयमा दलमा छलफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “चार वटा पदमा राष्ट्रिय सहमति गर्न सकिन्छ कि भन्नुभएको थियो। हामी सहमतिका लागि तयार छौं। छलफल गर्न तयार छौं। त्यो छलफल सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमा। अब सहमति भनेपछि कुराकानी गर्दा जे पनि होला तर, सबै एउटै दलको नाममा त नहोला।”

उहाँले आफूहरु  सकारात्मक रुपले छलफल गर्न तयार रहेको बताउनुभएको छ। प्रदेशका सन्दर्भमा उहाँले भन्नुभयो, “प्रत्येक प्रदेशमा पार्टीको संसदीय दल छ। पार्टीलाई के गर्दा उचित हुन्छ, राम्रो हुन्छ। केही प्रदेशमा फरक–फरक निर्णय भएका छन्। जहाँसम्म एमालेसँग मात्रै प्रतिस्पर्धा गर्ने भन्ने होइन। राजनीतिक रुपमा फिल्डमा एमाले प्रतिस्पर्धी हो। प्रतिनिधि सभामा पनि हामी सबैभन्दा ठूलो दल हौं।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!