दक्षिण कोरियाको राजधानी सियोलको एक बस्तीमा आगलागी भएपछि सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । गुर्योङ गाउँमा शुक्रबार बिहान भएको आगलागीमा ६० भन्दा बढी घर जलेर नष्ट भएका छन् । अहिलेसम्म कसैको मृत्यु वा घाइते भएको खबर आएको छैन ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यस क्षेत्रका घरहरू एक अर्कासँग जोडिएका छन् । आगो निभाउन ९ सय दमकलकर्मी र सात हेलिकप्टरको सहयोग लिइएको थियो । प्रभावित क्षेत्रका एक ७२ वर्षीय बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘ढोका खोल्ने बित्तिकै मैले आगो निस्किरहेको देखेँ ।’

‘मलाई लाग्यो कि यो गम्भीर दुर्घटना हो र म एक्लै भाग्नु हुँदैन । त्यसैले मैले मानिसहरूको ढोका ढकढकाउन थालेँ र कराउन थालेँ । त्यसपछि मानिसहरू बाहिर आए र कराउन थाले । ’ आगलागीको कारण खुल्न नसकेको भएपनि यो क्षेत्र आगलागी र बाढीको जोखिममा रहेको मानिन्छ ।

यहाँका घरहरू कार्डबोर्ड र काठले बनेका छन् । कोरिया टाइम्सका अनुसार गुर्योङ गाउँमा सन् २००९ यता १६ पटक आगो लागेको छ । पुनर्विकास योजनाका कारण विस्थापितहरूलाई सन् १९८० को दशकमा यहाँ पुनर्वास गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!