हिपमत डटकम

शुक्रबार, माघ ०६, २०७९ || 19758  पटक पढिएको

काठमाडौँ।  डाक्टर रमिल अधिकारीको जिउने चाहना  बोलको गजल सार्वजनिक भएको छ। डाक्टर अधिकारीको शब्द शृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन्। जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ। गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ। जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन्।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन्। निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी  न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन्। न्युजिल्याण्डको  स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन्। उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!