हिपमत डटकम

बिहिबार, माघ ०५, २०७९ || 3762  पटक पढिएको

विराटनगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरपालिकाले शनिमन्दिर–जलजलाचोकसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित (नो पार्किङ) क्षेत्र घोषणा गरेको छ ।

जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको महानगरले जनाएको छ । पहिलो चरणमा जलजलाचोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको थियो । सो क्षेत्रको सवारी जलजला हल उत्तरमा रहेको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै दोस्रो चरणमा शनिमन्दिरदेखि जलजलाचोक र शनिमन्दिर चोकदेखि महावीर रोडसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरिएको छ ।

सो क्षेत्रको सवारी महावीर रोड उत्तर र शनिमन्दिर पूर्वमा रहेको जग्गामा पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । विराटनगर क्षेत्र क्षेत्रका मुख्य सडकलाई पनि क्रमैसँग पार्किङ निषेधित क्षेत्र घोषणा गर्दै जाने महानगरको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!