हिपमत डटकम

सोमबार, माघ ०२, २०७९ || 1602  पटक पढिएको

हुम्ला । हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।

गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुई जनाको गर्भमा रहेको शिशुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!