हिपमत डटकम

सोमबार, माघ ०२, २०७९ || 2662  पटक पढिएको

विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा निःशुल्क सिलाई कटाई तालिम सुरु भएको छ । वडाका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सोमबारदेखि तीनमहिने तालिम सुरु भएको हो । तालिमको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर कार्कीले सिलाई कटाई जीवनोपयोगी सीप भएको चर्चा गरे । उनले सिलाई कटाई सिकेपछि आफ्नो र घरको लुगासमेत आफैंले सिलाउन सकिने बताइन् । उपमेयर कार्कीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले महानगरले लगानी गरेर निःशुल्क सीप सिकाउन लागेको बताए । उनले महानगरले गरेको लगानीको प्रतिफल दिने गरी सीप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
उनले सिप सिकेर आत्मनिर्भर हुन सकिने उल्लेख गरे । कार्यक्रममा वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकाल, प्रशिक्षक उमा बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने तालिममा २४ जना प्रशिक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!