काठमाडौं, २ माघ ताप्लेजुङ, फुङलिङ नगरपालिका-३ बराल गाउँ टोल मेदिबुङ बस्ने बल बहादुर रसाईलीको घरमा आइतबार राति आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब १४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-१ जोधीपुर बस्ने लाल बहादुर बुढाको भान्सा घर र गोठमा विद्युत सर्ट आइतबार राति आगलागी हुँदा अन्नपात, काठ, भे.८ प ४१३५ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।