हिपमत डटकम

आइतबार, माघ ०१, २०७९ || 11831  पटक पढिएको

बिक्री नभएको भन्दै टेस्लाले युरोप र अमेरिकामा मूल्य घटाएसँगै सेयर मूल्यमा ४ प्रतिशतसम्म गिरावट आएको छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले २० प्रतिशतसम्म मूल्य घटाएसँगै सेयर मूल्य समेत प्रभावित बनेको हो ।

पछिल्लो समय बिक्री नभएको भन्दै कम्पनीले विश्वभर मूल्य घटाइरहेको छ । अघिल्लो साता चीनसहित एसियाली मुलुकमा मूल्य घटाएको टेस्लाले हालसालै युरोप र अमेरिकी बजारमा मूल्य घटाएको छ । यसले सिधारुपमा कम्पनीको सेयर मूल्य प्रभावित बनेको बताइएको छ ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले मन्दीको जोखिम र बढ्दो ब्याजदरलाई चूनौती दिनका लागि कारको मूल्य घटाउन आवश्यक छ । उनले कम्पनीको नाफा कटाएर पनि बिक्री बढाउनुपर्ने भएकाले मूल्य घटाइरहेको जानकारी दिए ।

निरन्तर मूल्य घटेसँगै सन् २०२२ को सुरुवातदेखि कम्पनीको सेयर मूल्य ६५ प्रतिशतले घटेको छ । गत वर्षको मूल्य ज्यादै महँगो भएकाले त्यसलाई घटाउन आवश्यक रहेको मस्कको भनाइ छ ।

मूल्य घटेसँगै अमेरिका र युरोपमा बजारमा यसअघि ६५ हजार ९९० अमेरिकी डलर पर्ने टेस्लाको मोडल वाईको मूल्य घटेर ५२ हजार ९९० डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!