पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार पोखराको सेती खाँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको हो ।