हिपमत डटकम

शनिबार, पौष ३०, २०७९ || 2142  पटक पढिएको

सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल/पसलमा मूल्यसूची छैन । मूल्यसूची नहुँदा उपभोक्ता ठगिनेक्रम बढ्दो छ । जिल्लामा सञ्चालित अधिकांश होटल र पसलले मूल्यसूचीविना नै आफूखुसी सामग्री बिक्री गरिरहेका छन् । यहाँका अधिकांश होटल र पसलमा मूल्यसूची नहुँदा व्यापारीको मनोमानी बढेको छ । यसको प्रत्यक्ष मारमा परेको उपभोक्ताको गुनासो छ । उद्योग वाणिज्य सङ्घले मूल्यसूची निर्धारण गरी सबै साना उद्योग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल, होटललगायतलाई वितरण गर्नुपर्ने भए पनि सङ्घ निस्क्रय हुँदा मूल्य सूची कायम गर्न सकिएको छैन ।

सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलमा विनामूल्यसूची खाद्यन्न तथा अन्य सामग्री बिक्री भइरहेका छन् । ग्रामीण भेगका सबै पसलमा मनोमानी रुपमा सामग्री बिक्री भइरहेका छन् । एउटै सामानको मूल्य पसलैपिच्छे फरक पाइएको उपभोक्ताको गुनासो छ । खाद्यन्नदेखि अन्य सामग्रीको मूल्य घटबढ भइरहन्छ । मूल्य सूची कायम गराउने सवालमा उद्योग वाणिज्य सङ्घ निरीह हुँदा उपभोक्ता ठगिन बाध्य छन् ।

लामो समयदेखि मूल्यसूची कायम गर्न नसकिएको सङ्घका सहसचिव महेश खालिङ राईले स्वीकार गरे । सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोसी, नेचा सल्यान, दूधकोसी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रका पसल तथा होटलमा पनि मूल्यसूची नभएको पाइएको छ । बजार अनुगमन गर्दा होटल तथा पसलमा मूल्यसूची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!