हिपमत डटकम

शनिबार, पौष ३०, २०७९ || 1985  पटक पढिएको
तस्बिर :निशान कंडेल /हिपमत

बिराटनगर ।मोरङको सुनवर्षि नगरपालिका वडा न -४ धोकरियामा ६ औ राष्ट्रिय भाक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भाक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक सस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्दिय सदस्य जयप्रकाश राजबंशीले बताएका छन्। कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा उपस्थित अतिथिहरुलिई राजबंशी समाज बिकास समिति मोरंगका जिल्ला सदस्य कोमलसिंह राजबंशीले स्वागत मन्तब्यका साथ स्वागत गरेका थिए।

प्रवासमा बसेर पनि आफ्नो भाषा ,संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सन २०१८ सालमा यु ए ई मा स्थापना गरिएको संस्था कोच राजबंशि समाज यु ए ई का २७ जना युवाहरुको सहयोगमा भाक्का दिवस कार्यक्रम सफल भएको हो । भारत राजबंशी, सुरेश राजबशी ,मोहन राजबशी ,मेघराज राजबशी,असनु राजबशी,आशा, राजबशी ,मगलसिह राजबशी,योगेश राजबशी , अजय राजबशी, संजय राजबशी ,फेसराज राजबशी, सुरज राजबशी, मेघराज, राजबशी नारायण ,राजबशी, सुनिल राजबशी ,कबिराज राजबशी, दिलिप राजबशी, अनिल राजबशी, शिवु राजबशी ,श्रावण राजबशी ,बिक्रम राजबशी ,सानू राजबशी ,शिवराज राजबशी, चन्द्र राजबशी, बैसाखु राजबशी, पुनम राजबशी,रामसिंह गनगाई ,दुना गनगाई लगायतका युवाले कार्यक्रममा आर्थिक सहयोग गरेका हुन्। आफ्नो भाषा।,भेष रपहिचानको लागि तथा समुदायका कलाकारहरुको प्रवर्दन र बिकासकोलागि संस्थाले निरन्तर काम गर्ने संस्थाका अध्यक्ष भारत राजबंशीले बताए।

दिलिप राजबंशीको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद केन्दिय उपाध्यक्ष तथा प्रदेश एक ईन्चार्ज लहरु माया जिमी याक्खा बिशिस्ट अतिथिमा सुनवर्षि नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशि तथा उपमेयर मिरादेवी दास, सुनवर्षि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद दुलाल,स्वास्थ्य साखा प्रमुख किशोर मण्डल , १,२,५,९ का वडा अध्यक्षहरु क्रमस बिरेन राई ,बिनोद राजबंशी ,युगेश्वर प्रसाद ठाकुर ध्रूप सिंह वडा लगायत समाजका बुद्धिजीवी ,राजनीति दलका प्रतिनिधि ,प्रहरि ,पत्रकार लगायत स्थानियको उल्लेखनीय उपस्थिति कार्यक्रममा रहेको आयोजकले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि याक्खाले समग्र राजबंशि समुदायको उत्थानकोलागि काम गर्ने बेला आएको बताईन । स्थानिय सरकार ,प्रदेश सरकार र संघिय सरकारमा राजबंशि समुदायको प्रभावकारि उपस्थित जनाउनकोलागि आगामि निर्वाचनहरुमा राजबंशिहरुको मत एक हुनुपर्नेमा उनले जोड दिईन।

सुनवर्षि नगरपालिकाका मेयर श्याम राजबंशिले राजबंशी समुदायको चौतर्फी बिकासको लागि आफुले सकेको योगदान गर्ने बताए । यो एतिहासिक भक्का दिवसको कार्यक्रम सुनवर्षि नगरपालिकामा पहिलो चोटी यति भब्यताको साथ आयोजना गरेकोमा मेयर राजबंशीले आयोजकलाई धन्यवाद समेत दिए ।

भाक्का दिवसको कार्यक्रममा राजबंशि समुदायका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतिका कारण उपस्तिथि दर्शकहरुको मन जिते ।राजबंशी समुदायका चर्चित कलाकारहरु गायक राम राजबंशी ,रोमियो राजबंशी,खुस्बु राजबंशी,हास्यकलाकार पथारु राजबंशी,कबि प्रेम राजबंशी,हमार गान हमर वादन नृत्य टोलि झापा ,राजबंशी युवा क्लब लगायतका कलाकारहरुले आफ्नो दमदार प्रस्तुतिका कारण दर्शकहरुक्क मन जितेका थिए ।सुनवर्षि नगरपालिका भरिका राजवंशी गुरुगोसाई हरुलाई सम्मान गर्नुका साथै सम्मान पत्र समेत प्रदान गरिएको थियो।

भाक्का दिवसको अवसरमा राजबंशी समुदायको मौलिक खानाकिको रुपमा प्रसिद्द भक्काको निशुल्क स्टल पनि राखिएको थियो। उक्त स्टलमा २२ जना महिलाहरुले कार्यक्रममा उपस्थित भएकाहरुकोलागी भक्का बनाएका थिए। भक्का स्टलबाट करिब ५ हजार भक्का उपस्थित व्यक्तिहरुलाई निशुल्क वितरण गरिएको आयोजक संस्थाका सदस्यहरुले बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!