हिपमत डटकम

शनिबार, पौष ३०, २०७९ || 311  पटक पढिएको

गण्डकी प्रदेशका नवनियुुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ ।

विपक्षीमा २७ मत मात्र परेको छ । उहाँलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गर्नुभयो । स्वतन्त्र लडेर चुनाव जित्नुभएका राजीव गुरुङ (दीपक मनाङे) भने उपस्थित हुनु भएन ।

नेपालको संविधान १६८ (४) बमोजिम मुख्यमन्त्रीले नियुक्तिको मितिले ३० दिनभित्र संसद समक्ष विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले भन्नुभयो, ‘हामीले प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने छ । प्रदेशको आवश्यकतामाथि प्रश्न उठेको छ । तर प्रदेश जनताको नजिकको सरकार हो ।

हाम्रा केही कमजोरी भए सुधार गरेर आपसमा विश्वासबाट अघि बढ्नु पर्नेछ । यो भूमिको माटो समातेर कसम खानुपर्ने छ । भ्रष्टाचार खानु आमाको रगत खानु बराबर हो ।’

यसअघि कानून र बजेट निर्माणमा योगदान गर्ने प्रदेशका दुवै सरकारलाई उहाँ धन्यवाद दिनुभयो । समयमा निर्माण आयोजना पूरा नगर्दा प्रश्न उठाउनेलाई प्रश्रय मिलेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशले रोजगारी सिर्जना गर्न नसक्दा युवाहरु बिदेशिएका छन् ।’ यी समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले भरमग्दुर प्रयास गर्नेछ । प्रदेशको कार्य सम्पादनलाई डिजिटलाइज्ड गरिनेछ । अस्पतालको स्वास्थ्य सुविधा बिस्तार गरी सबै रोगको सहज उपचारको ब्यवस्था मिलाइने छ ।

कृषियोग्य जमिनमा बाह्रैमास सिचाइँको सुविधा दिइने र कृषि विमालाई प्रभावकारी बनाउने सरकारले प्रतिवद्धता गरेको छ । सबै घरमा विद्युत विस्तार गरी उज्यालो प्रदेश अभियानलाई साकार रुप दिइने पनि बताएको छ ।

गत पुस २५ मा मात्र नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीको एक सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गण्डकीको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

६० सदस्यीय प्रदेशसभामा यहाँ ४ मंसिरको चुनावबाट ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका थिए । जसमध्ये नेपाली कांग्रेस २७,  एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!