हिपमत डटकम

शुक्रबार, पौष २९, २०७९ || 28425  पटक पढिएको

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुभएकोमा नेपाली कांग्रेसलाई धन्यवाद दिनुभएको छ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बन्नु भएको भन्दै प्रचण्डलाई बधाई दिँदै कांग्रेसलाई धन्यवाद दिनुभएको हो।

उहाँले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गर्नुभयो। सांसद गौतमले नेपालको संविधानमा प्रतिपक्ष भन्ने नरहेकोसमेत दाबी गर्नुभएको छ।

एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाइ थियो। उहाँले भन्नुभयो, ‘‘नेपालको संविधानमा कतै पनि प्रतिपक्ष भन्ने छैन। त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ। संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ। अरु सबै प्रतिपक्षमा बस्ने स्पष्ट रुपले बताएको छ। यस पटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो।’’

सांसद गौतमले कांग्रेस नेताले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढ्न उपयुक्त हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!