हिपमत डटकम

शुक्रबार, पौष २९, २०७९ || 2903  पटक पढिएको

सुखीपुर नगरपालिका –३ कुशहाकी २५ वर्षीया एक युवतीलाई जवर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा मुद्दा दर्ता भएपछि चन्दन यादव फरार भएका छन् । २२ वर्षीय यादवमाथि इलाका प्रहरी कार्यालय पतारीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गर्दा यादव फरार भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

मुद्दा दर्ता भएलगतै यादव फरार भएपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।  पीडित युवतीको डीएनए परीक्षणपछि थप कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो ।

एउटा खुट्टा अपाङ्ग र सुस्त मनस्थितिकि युवती पाँच महिनाअघि खेतमा बाख्रा चराउन गएको मौकाछोपी बलात्कार गर्दा उहाँको गर्भ रहन गएको अनुसन्धाबाट खुलेको प्रहरीको भनाइ छ । गर्भ बसेको तीन चार महिनापछि पेट ठूलो हुन थालेपछि बाख्रा चराउन जाने गाउँका महिलाले सोधपुछ गरी गर्भवती भएकोबारे जानकारी गराएका थिए ।

पीडितकि आमाबुवाले अभियुक्त चन्दन यादवको आमाबुवालाई जवर्जस्ती करणी गरेकोबारेमा छलफल गरेपछि उल्टै हप्काइ खाएको पीडितले बताएका छन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा जवर्जस्ती करणीको पन्ध्र दिनअघि नै निवेदन दिए पनि प्रहरीले चासो नदिएको स्थानीय गुमस्ता यादवले बताउनुभयो ।

जर्बजस्ती करणीका मुद्दाहरु समाजमा मिलाउने राजनीतिक दबाब पर्ने विगतको अनुभवहरु सुनाउँदै महिला अधिकारकर्मी रेणु कर्णले भन्नुभयो, ‘पीडित युवतीको न्यायका लागि महिला अधिकारकर्मी आवाज उठाइरहेका छौं । पीडित पक्षले न्याय दिलाउन सरोकारवाला सबैले सहयोगको आवश्यक्ता छ ।’

पीडित युवतीबारे प्रहरीबाट जानकारी पाएको सुखीपुर नगरपालिका –३ का वडाध्यक्ष हरेराम यादवले बताउनुभयो । उहाँको अनुसार ज्याला मजदुरी गरेर गुजारा गर्ने विपन्न परिवारको चेलीमाथि भएको यो अन्यायमा दोषी ठहरिनेले कानुनी कारवाही भोग्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!