हिपमत डटकम

शुक्रबार, पौष २९, २०७९ || 2326  पटक पढिएको

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार भोजपुरी भाषामा पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज शुक्रबार आयोजित एक समारोहबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराउनु भयो ।

मुख्यमन्त्रीले शपथ लिएपश्चात् यादवसँगै तीन जना अन्य मन्त्रीले शपथ लिनु भएको छ । नेकपा (एमाले) को तर्फबाट एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीको तर्फबाट सञ्जयकुमार यादव र जनमत पार्टीको तर्फबाट बसन्त कुश्वाहाले शपथ लिनुभयो । तीनै जनालाई प्रदेश प्रमुख मिश्रले सपथ गराउनुभयो ।

 

मुख्यमन्त्री यादवले शपथ लिए पश्चात् कार्यक्रममा सहभागी प्रदेश प्रमुख मिश्र, निवर्तमान मुख्यमन्त्री लालबावु राउत, जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवसहित मञ्चमा आसिन अतिथि र कार्यक्रममा सहभागी भएको पुर्व मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र कर्मचारीले बधाई तथा शुभकामना दिनुृभएको थियो ।

मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेपश्चात जनकपुरधामको प्रवेशद्वारमा निर्माण गरिएको मधेश आन्दोलनका शहिदहरुप्रति माल्यार्पण गरेपश्चात आजै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गएर पदभार ग्रहण गर्नु हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!