हिपमत डटकम

बिहिबार, पौष २८, २०७९ || 680  पटक पढिएको

गृहमन्त्री भएपछि पहिलोपटक बिहीबार चितवन आउनुभएका गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेले अवैध कुखुरा र चल्लाको आयत रोक्न निर्देशन दिनुभएको छ ।

पोल्ट्री व्यवसायीहरुले भरतपुरमा राखेको छलफल कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा निकायहरुलाई अवैध कुखुरा, चल्ला र मासु आयत रोक्न निर्देशन दिनुभएको हो ।

पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि ध्यान दिन व्यवसायीहरुले गृहमन्त्रीलाई अनुरोध गरेका थिए । गृहमन्त्रीले सोही स्थानबाट सबैले सुन्ने गरी नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरुलाई टेलिफोनमार्फत त्यस्तो आयात रोक्न निर्देशन दिनुभएको हो ।

उक्त कार्यक्रममा नेपाल पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुल राष्ट्रिय आयमा चार प्रतिशतभन्दा बढी योगदान रहेको आत्मनिर्भर व्यवसाय केही समय यता धराशायी हुने अवस्थामा पुगेकाले अवैध आयत रोक्न गृहमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!