गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो ।

“अपराध अनुसन्धानमा कुनै पनि राजनैतिक दलको दबाबमा नपर्न प्रहरीलाई भनिसकेको छु । कुनै पनि राजनैतिक दलले अपराध अनुसन्धानमा अवरोध पु¥याउने मेरो मान्छे छोडिदेउ भन्ने कुरा अब सुन्नुपर्दैन”, उहाँको स्पष्ट भनाइ थियो, “ कसैले त्यस्तो भनेको प्रमाण ल्याउनुभयो भने सिफारिस गर्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याइनेछ ।”

आफू सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अझै निर्मम भएर कारवाही गर्न प्रहरीलाई भनेको पनि उहाँले जनाउनुभयो ।

“अपराधसँग सम्बन्धित छानबिनमा हाम्रो दलको मान्छे छ, हाम्रो दलको गृहमन्त्री छ भनेर कसैले प्रभावमा नलिनु होला । लिन खोज्नुभयो भने निर्मम तरिकाले कारवाही गर्नुस् भनेर प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको छु ।”

 

उहाँले प्रहरीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । “आदेश हैन कानुन पालना गर्नुहोस् भनेर भनिसकेको छु”, उहाँले भन्नुभयो ।

“एक एक समस्या समाधान गरेका छौ । म गृहमन्त्री भए यता समस्या लिएर गृह मन्त्रालय आउनुभएका दुई सय भन्दा बढीको समस्या दुई मिनेटभन्दा बढी समय नलाएर समाधान गरेको छु”, उहाँले भन्नुभयो ।

अहिले गृह मन्त्रालयले सिङ्गो देशले मनन गर्ने गरी काम गरिरहेको दाबी पनि उहाँले गर्नुभयो । “सिङ्गो देशमा कुनै पनि नागरिकलाई आपत् पर्दा समस्या समाधान गर्ने काम गरेको छु”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लामिछाने चितवनमा हुने विभिन्न कार्यक्रममा सम्बाेधन गर्न चितवन आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!