हिपमत डटकम

बुधबार, पौष २७, २०७९ || 912  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहबी महिनाथपुर बस्ने ४२ वर्षीय राजेशकुमार साहलाई सो रकमसहित मङ्गलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो ।

जिल्लाको विदेह नगरपालिका–२ स्थित सडकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा बिआर ३२ एसी ७६७९ नम्बरको स्कुटरमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका साहमाथि शङ्का लागि सवारी जाँच गर्दा डिक्कीभित्र कालो प्लाष्टिकमा स्रोत नखुलेको १६ लाख रुपियाँ बरामद भएको उहाँले जानकारी दिनुभयो ।

निजको साथबाट एक हजार दरका ७४८ वटा, पाँच सय दरका पाँच सय वटा, सयको २६० वटा र ५० दरका ८० वटा बरामद भएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका साहलाई र स्कुटर आवश्यक कारबाहीका लागि मङ्गलबार नै भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!