विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गर्दै १५ लाख रुपैयाँ अशुल गरेको आरोपमा पक्राउ परेका दुवै प्रतिवादीको बयान सकिएको छ । ब्यानमा सैहैन्सा सिद्दिकी भनिने अब्दुल खत्ताब र विराटनगर–१५ का २५ वर्षीय अजय भन्ने जय कुमार रामको बयान मंगलबार मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा सकिएको हो ।
प्रहरीको ब्यानका क्रममा भने विराटनगर–१५ का २५ वर्षीय अजय भन्ने जय कुमार रामले अपहरणमा आफुले व्यवसायी अरुणकुमार राठीलाई बाधिएको हात र खुट्टा खोलेको स्वीकार गरेको प्रहरी श्रोतले बताएको छ ।
अजय भन्ने जय कुमारले भने , मैले त्यहाँ सैहन्सा सिद्दिकीले भने अनुसार काम गरेको व्यान दिएका छन् । आफुले अपहरण भन्दा पनि सैहैनसाले जे—जे भने मैले त्यहि गरे । आफु योजनाकार नभएर सवारी चालकको रुपमा रहेकाले मेरो मालिकले जे भने आफुले त्यही गरेको ब्यान दिएको प्ररही श्रोतले बताएको छ ।
राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो । प्रतिवादीहरूको बयान सकिएको र थुनछेक बहस बिहिबार हुने जनाइएको छ ।
बुधबार हुने भएपनि सार्बजनिक विदा परेका कारण थुनछेक बहस बिहिबार हुने बताइएको छ । दुवै पक्षक कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले धरौटी, साधारण तारेख र पुर्पक्षको लागि थुनामा पढाउने मध्ये एउटा आदेश गर्नेछ ।
उनीहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम २५ वर्ष कैद र दुई लाख १० हजार माग गर्दै मुद्दा दायर गरेको छ । अपहरण र शरीर बन्धक आरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १० हजार जरिवाना र कुटपिट तथा अङ्गभङ्ग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग गरिएको अभियोग पत्रमा उल्लेख छ ।