हिपमत डटकम

बुधबार, पौष २७, २०७९ || 530  पटक पढिएको

सर्लाही सदरमुकाम मलङ्गवामा नगरप्रमुखको घरमा पहिलोपटक डोजर चलाएर सडकको अतिक्रमण हटाउन सुरु गरिएको छ ।

स्थानीयले सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार तथा निर्माणको काम ठप्प रहेको थियो । मङ्गलबार दिउँसो नगरप्रमुख नागेन्द्रप्रसाद यादवकै घरमा डोजर चलाइ सडकभित्र पर्ने संरचना भत्काइएको हो ।

मलङ्गवास्थित जिल्ला समन्वय समिति (साविक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान गरिसकिएको छ तर त्यहाँदेखि अगाडि भने घर भत्काउने क्रममा विवाद हुँदा काम रोकिएको थियो ।

नगरप्रमुख यादवले कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको जानकारी दिनुभयो । सडकको ‘साइड क्लियर’ भएपश्चात् ठेकेदारमार्फत सडक निर्माणको कामअघि बढाइने नगरप्रमुख यादवले बताउनुभएको छ ।

नगरप्रमुख यादवले मङ्गलबार दिउँसो नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी सडक निर्माणको कार्यमा सहयोग गरिदिन सबैसँग आग्रहसमेत गर्नुभएको छ । सदरमुकाम अनि त्यसमाथि जिल्लाकै निकै पुरानो र पहिलो नगरपालिका भएर पनि मलङ्गवाको सडक, नालालगायत अन्य क्षेत्रमा विकास हुन नसकेको भन्दै आलोचना हुने गरेको छ ।

जिविस चोकदेखि बसपार्कसम्मको सडक निर्माण पूरा हुँदा आवतजावतमा केही सहज भएको छ तर त्यहाँभन्दा अगाडिदेखि भने सडक अत्यन्तै साँघुरो र त्यसमा पनि सडकमै फुटपाथ पसल राख्दा पैदल यात्रुलाई हिँड्डुल गर्न र सवारीसाधन चलाउन अप्ठेरो हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!