प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्याउदै आएका अग्रज ब्यक्तीहरुबीच इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित गरियो । लामो समय देखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आएका तन्डुकर “इभेन्ट बेटर ग्यालेक्सी” का सि.इ.ओ हुन । उनले विभिन्न उमेरका इच्छुक सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउने उद्देश्यका साथ धेरै सौन्दर्य पेगेन्टहरू, मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

आयोजना गरेका कार्यक्रमहरु मार्फत सहभागीहरुलाइ ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा उनी विश्वस्त छ्न । देशको संस्कृति, परम्परा, इतिहास र सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय र आर्थिक उद्देश्यहरूको प्रवर्द्धनका निमित्त अघि बढि रहेका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!