हिपमत डटकम

मंगलबार, पौष २६, २०७९ || 440  पटक पढिएको

चितवन प्रहरीले जाली नोटसहित एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले दिनुभएको जानकारीअनुसार सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी टोलीले कालिका नगरपालिका १ की ४२ वर्षीया गंगा तामाङलाई एक हजार दरका १३७ थान खोटा नोटसहित नियन्त्रणमा लिन सफल भएको हो ।

आइतबार रातिको सूचनाको आधारमा उहाँको डेरा कोठामा खानतलासी गर्दा चल्ती गर्न लुकाई राखेको अवस्थामा ती खोटा नोट फेला परेको हो ।

पक्राउ परेकी महिलालाई प्रमाणसहित नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागू हुनेगरी मुद्रासम्बन्धि कसूरमा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!