हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 24104  पटक पढिएको

विराटनगर। छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो साताबाट हुने भएको छ ।

विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरी चैत ६ देखि १४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने जानकारी गराएको हो ।

गोल्डकप सफलता पूर्वक सम्पन्न गराउन विराटनगर महानगरपालिकाको मेयर नागेश कोइरालालाई संयोजकको जिम्मेवारी दिएको छ । ट्रष्टको केही दिन अगाडी बसेको बैठकले कोइरालालाई गोल्डकपको संयोजकको जिम्मेवारी दिएको हो ।

प्रतियोगिता आयोजक समितिका संयोजक नागेश कोइरालाले फुटबल खेलले विराटनगरलाई चिनाउने बताएका छन् । यसलाई खेल मात्रै नभएर अवसरको रुपमा बदल्नु छु कोईरालाले भने विजेतालाई पुरस्कार २० लाख बनाएर देशकै आकर्षक बनाउँछौ । तर प्रतियोगिताको मिति बारे एन्फासँग छलफल भईरहेको संयोजक कोईरालाले जानकारी दिए ।

प्रतियोगितामा विदेशी टिमसहित ‘ए’ डिभिजिनका टिमहरूको सहभागि हुने संयोजक कोइरालाले जानकारी दिए । ‘अहिले प्रारम्भिक चरणको पत्रकार सम्मेलन गरिएको हो । दोस्रो पटक हुने सम्मेलनमा गोल्डकपमा कुन–कुन टिमले भाग लिने त्यो सबै तयारी गरिनेछ,’ उनले भने ।

प्रतियोगितामा विदेशी टिमको सुनिश्चत नभएपनि भारत र क्यामरूनसहितका स्वदेशी ‘ए’ डिभिजनका टिमहरुसँग कुरा भइरहेहरुको आयोजकको भनाई छ । प्रतियोगितामा आयोजक टिम पनि हुने भएको छ । त्यसको लागि पनि खेलाडी जुटाउने काम भइरहेको संयोजक कोइरालाले बताए । ‘गोल्डकपमा आयोजकको टिप पनि सहभागि हुनेछ । जसमा आयोजक टिममा राष्ट्रिय र अन्तर्राष्टिय खेलाडीहरूले भरिपूर्ण हुनेछ,’ उनले भने ।

गोल्डकप ट्रष्टले बिगतको वर्षहरूमा भन्दा यस वर्षको गोल्कड विजेताले पाउने राशी पनि बढाउने आयोजकको भनाई छ । यो वर्ष गोल्डकप विजेता टिमले २० लाख ५१ हजार र उपविजेता टिमले १० लाख ५१ हजार राशी हुने बताएको छ । पाँचौै संस्करणमा गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

पाँचौ संस्करणमा विराट गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले जितेको थियो । पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!