हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 131686  पटक पढिएको

विराटनगर । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आफ्नो कार्यकाल पूरा गरी बिदा भएका छन् । मन्त्रालयमा सोमबार विदाई कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्री कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गर्दै भने,“जनताले दिएको म्यान्डेडअनुसार हामीले सकेसम्म राम्रो काम गर्ने प्रयास गर्यौ ।” कार्कीले संघीयता कार्यान्वयनको लागि कतिपय अधिकार केन्द्रबाट प्रदेशमा हस्तान्तरण गर्न ढिलाई हुँदा समस्या भएको बताए ।

मन्त्रालयका सचिव उमेश बस्नेतले कर्मचारी र राजनीतिक नेतृत्वको सुझबुझपूर्ण समन्वयमा जनअपेक्षा अनुरुपका कार्य गर्न सकिने बताए । मन्त्री कार्कीले समेत कर्मचारीहरुलाई मायाको चिनो प्रदान गर्दै मन्त्रालयबाट विदा भए ।

त्यस क्रममा आफू चढ्दै गरेको सवारी साधन मन्त्रालयमै जिम्मा लगाए अनि आफ्ना स्वकीय सचिव दिवश राजवंशीलाई मोटरसाइकल ‘स्टार्ट’ गर्न आग्रह गरे । मन्त्रालयका कर्मचारीले सवारीमै बसेर जान आग्रह गरिहेका थिए । तर, कार्कीले मानेनन् । अनि राजवंशीलाई भने जाऊ अब । त्यसपछि मोटसाइकल पछाडि बसेर कार्की मन्त्रालयबाट विदा भए ।

नयाँ सरकार गठनका लागि नेकपा एमालेबाट संसदीय दलका नेता मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकार गठनमा समर्थन गरेपनि सरकारमा सामेल नहुने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!