नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सरकारको स्थिरता चुनौतीको विषय भएको बताउनुभएको हो ।
उहाँले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गर्नुभयो ।
निर्वाचन अगाडी एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उहाँको भनाइ छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछि संसदभित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो । अहिले त झन निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचन लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसदको यात्रा प्रारम्भ भएको छ ।”
“सरकारमा बसिरहेको दलहरु एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा स्वीकार गर्नुप¥यो”, उहाँले भन्नुभयो ।