हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 988  पटक पढिएको

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।

अमलटारी सेक्टरअन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै नारायणी नदीको भंगालो किनारामा  १८ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

निकुञ्जको नियमित संयुक्त गस्ती गैंडा फेला पारेको थियो । गैंडाको खाग (खुर) सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जले जनाएको छ । योसँगै साउन महिनापछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ७ वटा गैंडाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!