हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 43564  पटक पढिएको

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताएका छन् ।

संसद्मा पहिलो सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गर्दै जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताएका हुन् । उनले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताए ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुःख नदिने बताए ।

उनले जनताले जानेर या नजानेर अहिले मिलाएर मत दिएको बताए । उनले आफूहरुजस्ता नयाँ दललाई पनि नमात्तिने गरी र ठूला दललाई पनि चुनौती थप गरिदिएर जनताले मिलाएर मत दिएको बताए ।

उनले आफूहरुको सरकारमा उपस्थितिले परिवर्तनको संकेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!