हिपमत डटकम

आइतबार, पौष २४, २०७९ || 1555  पटक पढिएको

बिराटनगर।शनिवार गोपाल फनपार्क कटहरीमा तेली कल्याण समाज नेपाल मोरंगको वनभोज कार्यक्रममा शिक्षा समिति गठन गरेका छन् । तेली समुदायको पहिलो सजातिय वनभोज कार्यक्रम आयोजना गरिएको थियो ।

एक हप्ता अगाडि देखि नै जिल्ला सदस्य गणेश साहको

नेतृत्वमा आयोजक समिति गठन गरेर समाजिक सञ्जाल लगायतबाट सहभागि बन्न आवहान गरेको सो पिकनिकमा मोरंग जिल्लाका सहायक जिल्ला अधिकारी प्रदिप कुमार साहको बिशेष उपस्थिति रहेको थियो । मोरगका विभिन्न स्थानहरुबाट करिव ३ सय तेलीहरु सहभागी रहेको सो वनभोज कार्यक्रममा सुनसरी गढि गाउपालिकाका उपमेयर अनिता साह, तेली कल्याण समाज रामधुनी नगर समिति समेतको उपस्थिति रहेको थियो । त्यस्तै तेली कल्याण समाज नेपालका रंगेली, सोनबर्षी र जहदा नगर अध्यक्षहरु क्रमशः अशेश्वर साह, महेश लाल साह र सोहित साहको उपस्थिति रहेको संयोजक गणेश साहले बताए ।

सोहि भेलामा बिशेषतः ग्रामिण क्षेत्रमा रहेका सजातिय विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बिराटनगर आउदा विभिन्न क्याम्पसहरुसंग सहजिकरण गर्न, छात्रवास तथा अन्य सहयोग गर्न ईडेन्वर्ग

कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्यिय ‘शिक्षा समिति’ गठन गरिएको जिल्ला अध्यक्ष डा बालकृष्ण साहले बताए । सो समिति सदस्यहरुमा नेशनल एकेडेमीमा सकलदेव साह, ग्रिनलेण्ड कलेजका अकलेश कुमार साह, महेन्द्र मा वि का चन्द्र प्रसाद साह, दुर्गा मा वि जहदाको दुर्गा मा वि.का राजकिसोर साह, शारदा उच्च मा वि का श्रीलाल साह र १ सदस्य पछि संयोजकले मनोनयन गर्ने गरी रहेको छ ।

वनभोज कार्यक्रमका अवसरमा संस्थाका संरक्षकका रुपमा २१ हजार दान गरेका दाताहरु बिन्देश्वर साह (हरैचा), भगवान साह (हरैचा), रोहित साह (बिराटचौक), डा. शिवशंकर साह (ग्रामथान), दिपेश साह (बिराटनगर), निर्मला साह (बिराटनगर) र डा. बालकृष्ण साहलाई तेली समाज नेपालका केन्द्रिय सदस्य नरेन्द्र साहले गम्छा लगाएर सम्मान गरेका थिए । सोहि अवसरमा १९ जना

आजीवन सदस्यहरु थपिएका थिए । तेली कल्याण समाज नेपाल भन्दा अलग्गै बिराटनगरमा अनिल साहको नेतृत्वमा रहेका ‘साह समाज समिति (तेली समाज)’ को उपस्थिति र जातिय एकता, उत्थानमा सहकार्य गर्दै एक जुट भएर अगाडि बढ्ने प्रतिबद्घताले संगठनलाई थप बल पुग्ने केन्द्रिय सदस्य नरेन्द्र साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!