हिपमत डटकम

आइतबार, पौष २४, २०७९ || 337  पटक पढिएको

 नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ। आइतबार दिउँसो दुई पार्टीबीच विभिन्न १२ बुँदे सहमति अनुरूप कार्यगत एकता भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो, सहमति, सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको हो।विभिन्न मुद्दामा मुद्दा मिल्ने भएकाले सो सहमति भएको हो ।”

श्रेष्ठले विभिन्न प्रस्ताव आइरहे पनि पार्टीको माग, मुद्दा सम्बोधन नभएसम्म प्रदेश अनि सङ्घ कतै पनि सहभागी नहुने बताउनुभयो।

यस्तै सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. सिके राउतले सरकारको साझा कार्यक्रम अनुरूप अघि बढ्ने बताउनुभयो।

“निरन्तर साझा कार्यक्रम आएको छ त्यसैलाई अगाडि बढाउँछौँ।सरकार, सडक र सदन तीनै ठाउँमा आन्दोलनमै छौँ”, डा. राउतले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!